जाजरकोट- ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई विस्थापित गराएको हो।
ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पुर्याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ।
यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार
ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै एक करोड ५० लाख बराबरको क्षति भएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएकी थिइन्। भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। -रासस