बुधबार, मंसिर २१, २०७९ | Wednesday 7th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
मुख्य खबर

गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

  • सिधा दृष्टी मङ्लबार, असार २८, २०७९ | July 12, 2022

धनगढी- बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन्।
अर्को बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा बैठकमा १३ जना मात्र उपस्थित थिए।
सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर

३७ जना प्रदेशसभा सदस्य छन्।
असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग सत्तारूढ दलकै प्रदेशसभा सदस्यहरूले गरेका छन्। बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय