शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन्
समाचार

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन्

  • सिधा दृष्टी सोमवार, असार २७, २०७९ | July 11, 2022

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन् । काठमाडौं महानगरपालिको काठमाडौं दरबार छेउको शान्ति निकुञ्च माध्यमिक विद्यालयमा उनी आउने खबरले सोमबार बिहानै देखि चहलपहल थियो । शिक्षक, विद्यार्थी, अभिभावक बिहानै विद्यालय पुगेका थिए । एउटा कक्षाकोठा भित्र दाल, भात र तरकारी पाक्दै थियो । बाहिरपट्टी सुरक्षाकर्मीको बाक्लो चहलपहल ।
करिब ११ बजे तिर लिउ जियानचाओ भ्रमण टोलीका केहि सदस्य सहित विद्यालय पुगेका थिए । त्यहाँ ‘लञ्च सेरेमनी अफ नेपाल स्माइलिङ

चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम थियो । उनी सँगै उर्जामन्त्री पम्फा भुसाल पनि त्यहाँ पुगेका थिईन् । भुसालले कार्यक्रम उद्घाटन गरिन् । जियानचाओ ताली बजाउँदै भेटघाटमा आउनेलाई नमस्कार फर्काउँदै बसेका थिए ।
आयोजकले कार्यक्रमबारे संक्षिप्त जानकारी दिएपछि उनको बोल्ने पालो आयो । चिनियाँ भाषामा उनी बोल्दै गए, दोभाषेले नेपालीमा अर्थ लगाएपछि शिक्षक विद्यार्थीले ताली बजाए । उनले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने आफ्नो इच्छा रहेको सुनाए । त्यसपछि उनी हातमा पञ्चा लगाएर पाकीराखेको भात, तरकारी पस्कन अघि सरे । स्कुलका बालबालिका थाल थाप्दै अघि बढे । एक हुल विद्यार्थीलाई खाना बाँडेपछि उनी विद्यार्थीले खाँदै गरेको कक्षाकोठामा छिरे र फोटो खिचाए । एकछिन घुमफिर गरेर भ्रमणका नियमित कार्यक्रमतर्फ फर्किए ।
विदेश विभाग प्रमुख जियानचाओले बिहान सुन्दरीजलस्थित बीपी संग्राहालय भ्रमण गरेर सिधै विद्यालय आईपुगेको बताए । ‘नेपाल र चिनबीचको वर्षौं पुरानो मित्रवत् सम्बन्ध बालबालिकालाई बुझाउन जरुरी छ,’ उनले भने, ‘नेपाल चिनको असल, साझेदार र छिमकी साथी हो ।’ दुई देशका जनताबीच पनि त्यस्तै सम्बन्धन हुनुपर्नेमा उनले जोड दिए ।
चिल्ड्रेन स्माईल कार्यक्रम चिनियाँ राष्ट्रपति तथा पार्टीका महासचिव सी जीनफिङले सुरु कार्यक्रम रहेको उनले जनाए । उक्त कार्यक्रम पाकिस्तान, म्यानमार, सुडान, इथियोपिया र नेपालमा सुरु गरिएको ग्लोबल डेभल्पमेण्ट एण्ड साउथ–साउथ को–अपरेशन फाउण्डेसनले जनाएको छ । उक्त फाउण्डेसन र चाईना फाउण्डेसन शान्ति निकुञ्चमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय