शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मलाई धरान र काठमाडौं महानगरका मेयरसँग नदाँज्नुस् : धनराज आचार्य
समाचार

मलाई धरान र काठमाडौं महानगरका मेयरसँग नदाँज्नुस् : धनराज आचार्य

  • सिधा दृष्टी सोमवार, असार २७, २०७९ | July 11, 2022

काठमाडौं — सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट । गठबन्धनबाट मेयर बनेका आचार्यले पोखरा महानगरमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने एक्लो पात्र थिए ।
धरान, काठमाडौं र धनगढीका मेयरजस्तै उनी पनि कार्यपालिकामा अल्पमतमा पर्ने भएकाले आफूलाई स्वतन्त्रबाट जितेका ती जनप्रतिनिधिसँग आफैंले दाँजेका थिए । तर सोमबार महानगरले राखेको पत्रकार सम्मेलनमा भने मेयर आचार्यले धरान र काठमाडौं महानगरसँग

आफूलाई नदाँज्न आग्रह गरेका छन् । कार्यक्रममा काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराकाम मेयर किन छायाँमा परेको भन्ने प्रश्न आएको थियो । ‘कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ विशेषगरी धरान र काठमाडौंलाई लिएर ।
यसमा मलाई तुलना नगरिदिनुहुन अनुरोध गर्दछु । मेयर आचार्यले भने, ‘त्यो नै काम गर्ने शैली हो भन्ने पनि होइन । कम्तिमा ५ वर्ष काम गर्ने भएपछि विधि, प्रक्रिया पु¥याएरै गर्नुपर्छ भन्ने मलाई लाग्छ । कहिले काहीँ चर्चाका लागि मात्रै काम गर्दा ‘उल्टो’ हुने मेयर आचार्यको भनाइ छ । ‘काम गरेको देखाउन मेयर दिनभरि खोलामा गएर गिटी कुट्दै बसेर हुँदैन । गिटी कुटेर मात्रै बस्ने भए अरु काम गर्न मेयरसँग कहाँ समय हुन्छ । महानगरलाई सिस्टममा लगेपछि सबै हुने हो, उनले भने, त्यसो भन्दै गर्दा उहाँ काठमाडौं, धरानका मेयरले चर्चाका लागि मात्रै काम गर्नुभएको छ भन्दिनँ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय