सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्
Uncategorized

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्

  • सिधा दृष्टी सोमवार, असार २७, २०७९ | July 11, 2022

काठमाडौँ — श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन् । जबसम्म राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले पदबाट राजीनामा दिँदैनन् तबसम्म आफूहरू उनीहरूको घरबाट बाहिर ननिस्कने बताएका हुन् । हाम्रो सङ्घर्ष अझै सकिएको छैन । राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेले नहटेसम्म हामी यो सङ्घर्ष अन्त्य गर्दैनौँ,’ विद्यार्थी आन्दोलनकारीका नेता लाहिरू वीरसेकरले एएफपी समाचार संस्थासँग भनेका छन् ।
आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा महिनौंदेखि राष्ट्रपति र राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू

शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन् । हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए । उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरू आइतबार दिउँसोको खाना पनि त्यहीँ खाएका थिए । चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय