मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

  • सिधा दृष्टी आइतवार, असार २६, २०७९ | July 10, 2022

काठमाडौँ — झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका-५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको बासिन्दा भएको पत्ता लगाएको हो । उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडक किनारमा पल्टिएको र सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय