शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन्
मुख्य खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन्

  • सिधा दृष्टी आइतवार, असार २६, २०७९ | July 10, 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।
साथै, यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास उनको छ ।
उनले शुभकामना सन्देशमार्फत यस पर्वले

सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा गर्ने बताएका छन् ।
नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय