शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन्
मुख्य खबर

श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन्

  • सिधा दृष्टी शनिबार, असार २५, २०७९ | July 9, 2022

काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन ।

कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।
यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक

बोलाएका छन् । प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।
सार्वजनिक भएको भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागी हुन देशका धेरै भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय