शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ
समाचार

बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ

  • सिधा दृष्टी शुक्रबार, असार २४, २०७९ | July 8, 2022

काठमाडौँ – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ ।
बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।
प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

/> गत जेठ १३ गतेदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९र०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।
सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय