शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ
मुख्य खबर

बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ

  • सिधा दृष्टी शुक्रबार, असार २४, २०७९ | July 8, 2022

काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ ।
मतगणना सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको हो । पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ ।
वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो । १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९

हजार ११७ मत खसेको छ ।
बुढीगंगाको प्रमुखमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँबीच प्रतिस्पर्धा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय