शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • २१ हजार भन्दा बढी युद्ध अपराधमाथि आफूले अनुसन्धान गरिरहेको जनाएको छ
समाचार

२१ हजार भन्दा बढी युद्ध अपराधमाथि आफूले अनुसन्धान गरिरहेको जनाएको छ

  • सिधा दृष्टी शुक्रबार, असार २४, २०७९ | July 8, 2022

काठमाडौँ – युक्रेनले गत २४ फेब्रुअरीमा रुसी फौजले आक्रमण गरेयता उनीहरूले गरेका २१ हजार भन्दा बढी युद्ध अपराधमाथि आफूले अनुसन्धान गरिरहेको जनाएको छ ।
युक्रेनका वकिल इरिना भेनेदिक्तोभाले आफूले प्रतिदिन २ देखि ३ सय वटा युद्ध अपराध सम्बन्धी उजुरी प्राप्त गरिरहेको बताएकी छन् । उनले भनेकी छन्, “थुप्रै मुद्दा आरोपितको अनुपस्थितिमा चलाउनु पर्नेछ । तर, न्यायको लागि कानुनी कारबाही अघि बढाउनु नै पर्छ ।”
रुसले भने आफूविरुद्ध लगाइएका युद्ध अपराध सम्बन्धी सम्पूर्ण आरोप अस्वीकार गरेको छ । मस्कोले

कहिल्यै पनि सर्वसाधारणमाथि हमला नगरिएको अडान पनि लिँदै आएको छ ।
भेनेदिक्तोभाले बीबीसी वर्ल्ड सर्भिस आउटसाइड सोर्स प्रोग्रामलाई भनेकी छन्, “सर्वसाधारण नागरिकलाई मार्ने, यातना दिने वा बलात्कार गर्ने रुसी सेनाले आफूहरूलाई अदालतमा उपस्थित गराइँदा यो केवल समयको प्रश्न हो भन्ने बुझ्नुपर्छ । मेरो टोली युक्रेनका सबै क्षेत्रमा कार्यरत रहेपनि सम्पूर्ण क्षेत्र र मानिससम्म पहुँच नपुगेकाले यसले सम्पूर्ण मुद्दा राम्ररी र प्रभावकारी ढंगले अनुसन्धान गर्न सकेको छैन । रुसी फौजले कब्जा गरेका युक्रेनी भूभागको स्पष्ट सन्दर्भमा यसो भनिएको हो ।”
उनले गत मे महिनामा नै करिब ६ सय जना सन्दिग्ध युद्ध अपराधीको पहिचान भइसकेको र ८० प्रतिशत कारबाही सुरु भइसकेको जानकारी दिएकी थिइन् ।
युक्रेनमा युद्ध अपराधको अभियोगमा मुद्दा चलाइएका पहिलो रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिन हुन् । मेमा एकजना सर्वसाधारणको हत्या गरेको अभियोगमा उनलाई आजीवन कारावास सजाय सुनाइएको थियो ।
युक्रेनले रुसी फौजले केही समय कब्जा गरेका राजधानी किभ नजिकका बुचा, बारोद्यान्का र अन्य सहरमा थुप्रै सामूहिक चिहान फेला परेको जनाएको छ ।
बीबीसीबाट ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय