शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • गृहमन्त्री बालकृष्ण खाणले वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्
मुख्य खबर

गृहमन्त्री बालकृष्ण खाणले वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्

  • सिधा दृष्टी बिहिबार, असार २३, २०७९ | July 7, 2022

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिएका हुन्।
सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी

कार्य तीव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए। बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने पनि उनले बताए।
बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौ भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय