शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्
मुख्य खबर

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्

  • सिधा दृष्टी बिहिबार, असार २३, २०७९ | July 7, 2022

काठमाडौं- कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधबार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्।
राजदूतावास दोहामा आयोजित कार्यक्रमबीच राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीले स्वागत गरेका थिए।
कार्यक्रममा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए।
राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीलाई स्वागतका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल

कतार सम्बन्धका विविध आयाममा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय