शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार
मुख्य खबर

अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मामाथि पदबाट राजीनामा दिन दबाब भइरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउलालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड मंगलबार बेलुकी बालुवाटार पुगेको बताइएको छ। भेटका क्रममा अर्थमन्त्रीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटका क्रममा लामो संवाद भएको बताइएको छ। तर, उनीहरूबीच कुन-कुन विषयमा छलफल भयो भन्ने कुरा बाहिरिएको छैन।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर जथाभावी करका

दर फेरेको भन्दै शर्मामाथि राजीनामा दबाब परेको हो।

यही प्रकरणको सीसीटीभी फुटेज पनि कानुनविपरीत १३ दिनमै डिलिट भएको जवाफ दिएपछि शर्माको थप विरोध भइरहेको छ। कानुनतः सार्वजनिक तथा सरकारी स्थानमा राखिएको सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नु पर्ने नियम भए पनि अर्थमन्त्रालयमा राखिएको सीसीटीभी फुटेज १३ दिनमै डिलिट भएको जवाफ शर्माले दिएका थिए।

मंगलबार साझ नै अर्थमन्त्री शर्माले पनि प्रधानमन्त्री देउवालाई भेटेका थिए। प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटका क्रममा भएको कुरालाई पनि सार्वजनिक गरिएको छैन।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय