मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एक लाख ७० हजार घुससहित पर्साका सव इन्जिनियर पक्राउ
मुख्य खबर

एक लाख ७० हजार घुससहित पर्साका सव इन्जिनियर पक्राउ

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

पर्सा- शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका-१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।

सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु १७ लाखको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक

विकास मल्लले जानकारी दिए।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ। मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ। -रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय