मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बागलुङमा पहिरोले ५ परिवार विस्थापित
मुख्य खबर

बागलुङमा पहिरोले ५ परिवार विस्थापित

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

गलकोट- वर्षासँगै आएको पहिराको कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्।

पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ।

स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन्। स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ।

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय