शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कैलालीमा ६ महिनामा एक करोड बढी मूल्यको भन्सार छलीको सामान बरामद
मुख्य खबर

कैलालीमा ६ महिनामा एक करोड बढी मूल्यको भन्सार छलीको सामान बरामद

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

धनगढी- सशस्त्र प्रहरीले कैलालीको विभिन्न क्षेत्रबाट ६ महिनामा एक करोड बढी रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले आ.व. ०७८/७९ को माघदेखि असार २० गतेसम्म एक करोड १२ लाख ४५ हजार ८३० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जिल्लाको विभिन्न क्षेत्रबाट सो रकमको सामान बरामद गरेर कैलाली भन्सार बुझाइएको जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार माघ महिनामा १० लाख ५५ हजार

७८०, फागुनमा १६ लाख ६५ हजार ८४०, चैतमा २५ लाख ९२ हजार ३१५, वैशाखमा ९ लाख ३० हजार २८५, जेठमा १५ लाख ४७ हजार ८४० र असार महिनाको २० गतेसम्म ३४ लाख ५३ हजार सात सय ७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको हो।

'भन्सार छलीका मोटरसाइकलका पार्टपुर्जा, किरानाका सामान, चिनी, युरिया, लेडीज सुट, कस्मेटिक लगायत सामान बरामद गरेका हौं' सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले भने, 'बरामद भएको सामान कैलाली भन्सार बुझाइएको छ।'

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय