शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • रामेछाप बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत
मुख्य खबर

रामेछाप बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा १३ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताए।

'दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,' उनले लेखेका छन्। प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापती गाउँपालिकास्थित पीपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय