बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अर्थमन्त्रीमाथि छानबिन गर्न आजै समिति बनाऔं : उपसभापति खड्का
मुख्य खबर

अर्थमन्त्रीमाथि छानबिन गर्न आजै समिति बनाऔं : उपसभापति खड्का

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा जारी विवाद आजै संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेका हुन्।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेका छन्। उनको राजीनामा माग भइरहेको छ। यसै सन्दर्भमा कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्माको नाम नलिईकन उनीबारे लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका हुन्।

'बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको

गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ', उपसभापति खड्काले बुधबार बिहान ट्विट गरेका छन्, 'विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ।'

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करको दर हेरफेर गरेको आरोप छ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने थापाको भनाइ थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय