सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन्
मुख्य खबर

सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन्

  • सिधा दृष्टी मङ्लबार, असार २१, २०७९ | July 5, 2022

काठमाडौँ – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई

बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ ।

बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौँको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय