शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ
समाचार

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ

  • सिधा दृष्टी मङ्लबार, असार २१, २०७९ | July 5, 2022

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । यअसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी–२० दुबै अभ्यास खेल नेपालले जितेको थियो ।

किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार

खेल्नेछ ।

क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय