शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ
मुख्य खबर

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ

  • सिधा दृष्टी मङ्लबार, असार २१, २०७९ | July 5, 2022

तेह्रथुम- तेह्रथुम जिल्ला 'ढाकाको राजधानी' घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई 'ढाकाको राजधानी' घोषणा गरिएको हो।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो।

'तेह्रथुमे ढाका'को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो। ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार-प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष

पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे। म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो।

जिल्लामा उत्पादित ढाका कपडाको प्रवर्द्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए।

स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवर्द्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उनले जानकारी दिए। -रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय