मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाल प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ
मुख्य खबर

नेपाल प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी मङ्लबार, असार २१, २०७९ | July 5, 2022

काठमाडौं- नेपाल प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौं आउँदै गरेको ना१ज ५९५८ नंको भाडाको टाटा सुमो जाँचका क्रममा लागू औषधसहित अन्सारीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले अन्सारीले झोलामा बोकेर ल्याएको डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद

गरेको छ। घटनामा संलग्न अन्सारीलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय