शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा
समाचार

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

काठमाडौं- रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्।

रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको जनाएकी छन्।

जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए।

काठमाडौं

क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ पर्दछन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय