शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कंने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ
समाचार

प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कंने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

काठमाडौं- अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कंने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ।

अमेरिका भ्रमणका रहँदा उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसंग भेट गर्नुभएको नेपाली सेनाले जनाएको छ। उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए।

यसअघि उनले लेबनान र सिरियाको भ्रमण गरेका थिए। प्रधानसेनापति शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय