धादिङ- गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी छन्। उनको शनिबार घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
रेखाका श्रीमान ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कपालमा भुतलेर कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।
मोवाइल श्रीमान्ले माग्दा फुटाइदिन्छ भन्ने डरले नदिएपछि खत्रीले टाउकोमा भुतलेट कुटपिट गर्दा आँखा, टाउको हातमा गम्भीर चोट लागेको थियो।
रातिको समयमा घटना भएकोले छिमेकी र जेठानी घाइतेलाई बचाएर स्थानीय स्वास्थ्य चौकी पुर्याएका
थिए।