शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ
मुख्य खबर

भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ

  • सिधा दृष्टी शनिबार, असार १८, २०७९ | July 2, 2022

गुलरिया- बर्दियाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिएको छ।

कर्तनियाघाट वाइल्ड लाइफ सेन्जुरीको घना मूर्तिहा जंगलमा निगुरो खोज्दै पुगेका गुलरिया नगरपालिका-३ बनकट्टाका ५४ वर्षीय हेमराज गोडियाको गोली लागेर मृत्यु भएको हो। उनलाई अज्ञात स्थानबाट चलाइएको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

हेमराजको दाहिने खुट्टामा गोली लागेपछि उपचारका लागि आफन्तले गुलरिया अस्पताल पुर्‍याएका थिए। उनी गोली लागेपछि घर फर्किएको र उपचारका लागि परिवारले अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला

प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए।

जंगलमा गोली कसले र किन चलायो भन्ने विषय अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। गोली लागेको व्यक्ति कसरी घर आइपुगे भन्ने विषय पनि गम्भीर भएकाले सूक्ष्म अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ।

हेमराजको पारिवारिक स्रोतका अनुसार गोडियालाई भारतीय जंगलमा गोली लागेपछि उनी भागेर नेपालतर्फ आएका हुन्। दौडने क्रममा उनी लडेका थिए।

नेपालतर्फ आइसकेपछि उनले घरमा फोन गरेर घटनाको बारेमा परिवारमा जानकारी गराएका हुन्। लगत्तै छोरा र श्रीमती पुगेर उनलाई एम्बुलेन्सको व्यवस्था गरी गुलरिया अस्पताल पुर्‍याएका हुन्।

बिहीबार बेलुका नै घटना भए पनि शुक्रबार मात्रै बाहिर आएको प्रहरीले जनाएको छ। भारतीय सुरक्षाकर्मीले भने घटनाको बारेमा जानकारी नभएको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय