काठमाडौं- बैङ्ककबाट काठमाडौं आएका एक जना यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन फेलापरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार बेलुका नेपाल एयरलाइन्सकोमार्फत बैङ्ककबाट काठमाडौं आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।
भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साईडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात सुटकेसको ह्याण्डिल खोल्दा भित्री भागमा सुन भेटिएको बताइएको छ।
करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाई रहेको सुनको बारलाई कार्बन पेपरले र्यापिङ गरी अड्काएर
ल्याएको प्रहरीको भनाइ छ।
शुक्रबार राति नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले अनुसन्धान थालेको जनाएको छ।