सोमवार, मंसिर १९, २०७९ | Monday 5th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ
समाचार

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी शनिबार, असार १८, २०७९ | July 2, 2022

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीद्वारा पोखरा ममहानगरपालिका वडा नम्बर ७ नुहारथोकबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ७ नुहारथोक बस्ने वर्ष ३४ का सुजित मुल्मी, वर्ष ३१ का रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३१ को बाबुराम मोक्तान रहेका छन्।

उनीहरूको साथबाट लागूऔषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल, कालो छालाको दाप धारिलो हतियार थान एक र मोबाईल चार थान बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय