शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इलाममा शुक्रबार गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्
समाचार

इलाममा शुक्रबार गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्

  • सिधा दृष्टी शनिबार, असार १८, २०७९ | July 2, 2022

काठमाडौँ — इलाममा शुक्रबार गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् ।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडकखण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिए ।

गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम

अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाम खुल्न बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय