शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ
समाचार

रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ

  • सिधा दृष्टी शुक्रबार, असार १७, २०७९ | July 1, 2022

काठमाडौँ — रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । पार्टीको नाममा स्वतन्त्र राख्न नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम राखेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको हो ।

आयोगका उपसचिव गुरू वाग्लेले लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी भएको र चुनाव चिन्ह घन्टी रहेको जानकारी दिए । टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा

गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उनले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र दल र चुनाव चिन्ह घन्टी राखेर निवेदन दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय