बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ
मुख्य खबर

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी शुक्रबार, असार १७, २०७९ | July 1, 2022

पोखरा- पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकले चलाइरहेको कम्पनीमा छापा मारेपछि तीन जना चिनियाँ नागरिक र एक नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको हो।

अबैधरुपमा चिनियाँ नागरिकले कार्यालय सञ्चालन गरेर शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले छापा मार्दा ठूलो रकमसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिले बरामद भएको रकमको स्रोत

खुलाउन नसकेको डीएसपी तिवारीले बताए। डीएसपी तिवारीका अनुसार पक्राउ पर्ने नेपाली नुवाकोटको ककनी गाउँपालिका– ७ का सुमन तामाङ रहेका छन्। त्यसैगरी पक्राउ परेका तीन जान चिनियाँहरूमा दुई पुरुष र एक जना महिला रहेका छन्।

उनीहरू तीनै जनाको ठेगाना खुल्न सकेको छैन। उनीहरूले विगत ६ महिनादेखि ड्यामसाइको बज्र इन होटेलको फ्लाट भाडामा लिएर तामाङका नाममा डाइमण्ड टेक्नोलोजी कम्पनीमार्फत सफ्टवेयर निर्माण गर्ने काम गर्दै आएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय