शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • धादिङको गल्छी मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्
समाचार

धादिङको गल्छी मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्

  • सिधा दृष्टी शुक्रबार, असार १७, २०७९ | July 1, 2022

काठमाडौँ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौँबाट रौतहट जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय