सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कोरोना भाइरस कोभिड (१९० महामारी नियन्त्रणा उन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ
मुख्य खबर

कोरोना भाइरस कोभिड (१९० महामारी नियन्त्रणा उन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौं — कोरोना भाइरस कोभिड (१९० महामारी नियन्त्रणा उन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन । नेपालले चाल आर्थिक वर्षको ११ महिना साउन–जेठको अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । मास्क

आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो ।

गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ । गत वर्ष यसै अवधिमा नेपालबाट ४ करोड २१ लाख मूल्यको ११ लाख ९१ हजार मास्क निर्यात भएको थियो ।

कोरोना महामारी सुरु भएपनि नेपालमा मास्कको आयात ह्वात्तै बढेको थियो । नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घटन नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ । यो वर्ष ११ महिनाको अवधिमा फेस मास्क उत्पादन गर्ने २१ वटा मेसिन नेपाल भित्रिएको छ । ३ करोड २४ लाख ३६ हजार मूल्यका मेसिन आयात भएको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय