सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्
मुख्य खबर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौं — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अरबका कुरा छन । उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरे ।

उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको

हाहाकार छ, उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो । कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय