शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्
मुख्य खबर

पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।
पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।

उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो। कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव

नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय