शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ
मुख्य खबर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ । स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराउनुभएको छ ।

जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिनुभएको छ । उहाँले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो

बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गर्नुभएको थियो । नेटो प्रमुख येन्स स्टोल्टनवर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताउनुभएको छ । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय