शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्
समाचार

भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौँ — भारत महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले भने, ‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।’ ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए । ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन्

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहीबार बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे ।

शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देसमक्ष बहमुत सदस्य रहेपछि ठाकरेलाई विधानसभामा बहुमत देखाउनुपर्ने चुनौती थियो तर उनले बहुमत सिद्ध नगरी राजीनामाको बाटो रोजे । यसैबीच अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने चर्चा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय