सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
समाचार

सरकारलाई असारे विकासको चटारो

  • सिधा दृष्टी बिहिबार, असार १६, २०७९ | June 30, 2022

काठमाडौँ — सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो । जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले देखाएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनाको १५ दिनमा मात्रै सरकारले साढे १४ अर्ब रुपैयाँ बराबरको विकास खर्च भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा १ खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ

पुँजीगत खर्च गरेको सरकारले असार १५ गतेसम्म १५ दिनमा नै खर्च बढाएर १ खर्ब ५० अर्ब ३९ करोड ४१ लाख भुक्तानी गरेको छ । अझ यस्तो भुक्तानी असार १५ गते मात्र एकै दिन ११ अर्ब रुपैयाँ बढीको भएको महालेखाको तथ्याङ्कले देखाउँछ ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार असार १५ गते चालुतर्फ ९ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ९९ करोड ३ लाख रुपैयाँ भुक्तानी भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत खर्चतर्फ कुल ३ खर्ब ७८ करोड ९ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मध्ये असार १५ सम्म जम्मा ३९.७८ प्रतिशत मात्र खर्च हुन सकेको हो ।

बजेट कार्यान्वयनका लागि साउनदेखि चैत–वैशाखसम्म मौन रहने तर जेठ, असार लागेपछि भने धमाधम विकास निर्माणमा जुट्ने र अन्तिम अन्तिममा आएर ठूलो भुक्तानी गर्नुले भने उहीँ पुरानो असारे विकासको निरन्तरता देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय