शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ
समाचार

चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ

  • सिधा दृष्टी बुधबार, असार १५, २०७९ | June 29, 2022

चितवन- चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो।

प्रतियोगितामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।

यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ। प्रतियोगितामा

चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ। माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो।

प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौंको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए। प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो। -रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय