बुधबार, भदौ १, २०७९ | Wednesday 17th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला
समाचार

विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला

  • सिधा दृष्टी सोमवार, असार १३, २०७९ | June 27, 2022

खोटाङ- खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन्।

गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको प्रहरीले जनाएको छ।

छात्र कालिका माविमा कक्षा ९ मा अध्ययनरत थिए। विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी थालिएको थियो।

धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला

पारेपछि प्रहरीलाई खबर गरेका थिए। पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल लगिएको छ।

बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ। सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको प्रहरीले जनाएको छ। उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय