सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ
समाचार

पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ

  • सिधा दृष्टी आइतवार, असार १२, २०७९ | June 26, 2022

काठमाडौं- धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका-४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका-२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको हो।

धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा शनिबार बिहान ती बालक पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा डुबेर बिहोस् भएका बालकको उद्धार गरी जिल्ला

अस्पताल धनकुटा लगिएको थियो। उनीहरूको उपचारको क्रममा ज्यान गएको हो।

उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए। सन्देश भने सकुशल रहेका छन्।

घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय