शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रविभवनमा मोटरसाइकल अनियन्त्रित भई बसमा ठोक्किएर दुर्घटना भएको छ
समाचार

रविभवनमा मोटरसाइकल अनियन्त्रित भई बसमा ठोक्किएर दुर्घटना भएको छ

  • सिधा दृष्टी आइतवार, असार १२, २०७९ | June 26, 2022

काठमाडौँ – कालिमाटी–कलंकी सडकखण्डको रविभवनमा एउटा मोटरसाइकल अनियन्त्रित भई बसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको ज्यान गएको छ ।

बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दूतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूतराजले चलाएको मोटरसाइकल अनियन्त्रित हँदा दुईवटा बसमा ठोक्किन पुगेको थियो । अनुसन्धानका लागि दुईवटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय