काठमाडौं- काठमाडौंको कलंकीमा ढुंगाले हिर्काएर एक जना महिलाको हत्या भएको छ।
शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो।
प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।