शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ
समाचार

टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ

  • सिधा दृष्टी शनिबार, असार ११, २०७९ | June 25, 2022

काठमाडौँ — टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

उपाधीसँगै उनीहरुले १५ लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे । विजेतालाई टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले ट्रफी प्रदान गरेका थिए ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने

परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप बन्न सफल भएका छन्

एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए ।

यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय