शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, असार ११, २०७९ | June 25, 2022

काठमाडौँ — तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् ।

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए

खस्त घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय