शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न तयारी गर्दै छन्
समाचार

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न तयारी गर्दै छन्

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ — राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न तयारी गर्दै छन् । केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट नेताहरू सहभागी हुने भएका छन् ।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित गर्न लागिएको उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुबबहादुर प्रधानले बताए । आइतबारसम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको

अबको रणनीति विषयमा प्रशिक्षण दिनेछन् ।

उपाध्यक्ष ध्रुबबहादुर प्रधान, गीताभक्त जोशी, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, प्रवक्ता भक्तिप्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य राजेश गिरी, अष्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल, आइटी विज्ञ विप्लवमान सिंह, रविन कटुवाल, हेमराज कार्कीले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय