शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका एक सय १३ जना हजयात्रीलाई बिदाइ गरे
समाचार

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका एक सय १३ जना हजयात्रीलाई बिदाइ गरे

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका एक सय १३ जना हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान हजयात्रीलाई बिदाइ गरेको खाणको सचिवालयले जानकारी दिएको छ । यस वर्ष हजका लागि नेपाललाई छुट्याइएको पाँच सय ५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हजयात्रामा निस्केको थियो ।

हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका थिए । उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध

पनि विस्तार हुने बताएका थिए । हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारलगायत विमानस्थल पुगेका थिए ।

नेपालबाट हजयात्रामा जाने टोलीलाई साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय