बुधबार, भदौ १, २०७९ | Wednesday 17th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने : सांसद सुरेशकुमार आलेमगर
समाचार

आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने : सांसद सुरेशकुमार आलेमगर

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ — नेकपा माओवादी केन्द्र का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका हुन् ।

उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए । चालु संसद अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकताको समस्या समाधान गरियोस्

। विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडी बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भिर कुरा हुन्छ । महत्वपूर्ण कुरा हुन्छ । कुनैपनि नागरिक राज्यबिहीन, नागरिकताबिहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याँई हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याँई गर्छ । त्यसकारणले यो पुरुषवादी चिन्तनका बिरुद्ध तपाईहरु लड्नुस् म पनि तपाईंहरुको साथमा छु भन्ने कुरा राख्न चाहन्छु ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय