बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताए : मन्त्री प्रेम आले
समाचार

४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताए : मन्त्री प्रेम आले

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ुपछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।

आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, ुत्यसले हाम्रो आत्मसम्मानमा चोट

लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय